विपक्षी मोर्चाद्धारा सभाध्यक्ष र सत्तारुढ दलसँग निर्णय नसच्याएसम्म वार्ता नगर्ने निर्णय

काठमाडौ, माघ ११ – सभामुखले प्रस्ताव समिति गठनको प्रस्ताव आफैं पढेर सुनाएपछि चिढिएको विपक्षी मोर्चाले सभाध्यक्ष र सत्तारुढ दलसँग निर्णय नसच्याएसम्म वार्ता नगर्ने निर्णय गरेको छ ।
ईकान्तिपुरमा समाचार छ। सिंहदरबारमा बसेको विपक्षी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो। 
विपक्षी मोर्चाको चेतावनीका बाबजुद पनि सभाध्यक्ष सुबास नेम्वाङले आज बसेको संबिधानसभाको बैठकमा प्रस्ताव पढेर सुनाएका थिए ।