इजिप्टको राजधानी कायरोमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा १६ जना मारिएका छन् ।
इजिप्टमा क्रान्ति सम्पन्न भएको चौथो वर्षगाँठमा प्रदर्शन गर्न उत्रिएकाहरुमाथि प्रहरी हस्तक्षेप हुँदा अरु थुप्रै घाइते भएका छन् ।
इजिप्टमा सन् २०११ मा भएको आन्दोलनले राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्यूत गरेको थियो ।
तर, क्रान्तिपछि सत्ता टकरावका कारण त्यहाँको राजनीतिक अवस्था अत्यन्त अस्थीर रहेको छ । (एजेन्सी)