काठमाडौ, माघ १२ – मन्त्रिपरिषद्को आजको बैठकले नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा एक समिति गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले क्यानाडाका लागि नेपालका आवासीय राजदूत कालिप्रसाद पोखरेललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको स्थायी प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बताए ।
सरकारले नेपाल टिम्बर कर्पाेरेशन लिमिटेडको अध्यक्षमा अर्काे व्यवस्था नभएसम्मका लागि वन तथा भू