सत्तारुढ दलहरुद्धारा विपक्षी दलहरुले माग गरेजस्तो प्रश्नावली समिति खारेज हुने कुनै गुन्जायस नरहेको स्पष्ट

काठमाडौं । सत्तारुढ दलहरुले विपक्षी दलहरुले माग गरेजस्तो प्रश्नावली समिति खारेज हुने कुनै गुन्जायस नरहेको स्पष्ट पारेका छन् ।
इमेजखबरमा समाचार छ।  कांग्रेस-एमालेलगायतका सत्तारुढ दलहरुको सोमबार बालुवाटारमा बसेको बैठकले संविधानसभाबाट गठन भएको समितिमा दायाँ-बायाँ गर्न नसकिने ठहर गरेको हो ।
बैठकपछि सन्चारकर्मीहरुसँग एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाबाट ऐतिहासिक काम भएकाले त्यसविरुद्ध जान नसकिने र अघि बढेको प्रक्रिया पनि नरोकिने बताए ।
यस्तै, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सत्तारुढ दलहरुले विपक्षीहरुलाई वार्ताको टेबुलमा आउन र समितिमा सहभागी हुन आग्रह गरेको जानकारी दिए ।