काठमाडौं । एकीकृत नेकपा माओवादीले संविधानसभा र व्यवस्थापिका संसद अन्र्तगतका सबै समितिहरुको बैठक बहिस्कार गर्ने भएको छ ।
इमेजखबरमा समाचार छ । सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैंठकले कांग्रेस र एमाले एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै संविधानसभा र समितिहरुको बैंठक बहिस्कार गर्ने निर्णय गरेको हो ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रक्रियामा गएर संविधान जारी गर्न खोजिएको भन्दै त्यसको कडा प्रतिवाद गर्न सभासद्हरुलाई निर्देशन दिएका थिए ।
यस्तै, प्रचण्डले गाउँ गाउँमा गएर जनतालाई आफ्ना कुरा बुझाउन पनि सभासद्हरुलाई निर्देशन दिएको जनाइएको छ ।
काँंग्रेस र एमालेले जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नचाहेको भन्दै उनले सहमति नगरी संविधान जारी गरिए आफुहरुलाई मान्य नहुने समेत स्पष्ट पारेका थिए ।