काठमाडौं । एकीकृत माओवादीले बहुमतीय प्रक्रियाबाट संविधान लेखनको प्रक्रिया शुरु भएकाले संविधानसभाको औचित्य र गरीमा समाप्त भएको जिकिर गरेको छ ।
इमेजखबरमा समाचार छ। कोटेश्वरस्थित पार्टी मूख्यालयमा आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकले संविधानसभाबाट सहमतिकै आधार संविधान लेख्न छोडेर बहुमतीय प्रक्रियामा गएको भन्दै माओवादीले संविधानसभाको औचित्य समाप्त भएको दाबी गरेको हो ।
माओवादीले संविधानसभाबाटै संविधान जारी गर्न दवाब दिने उद्देश्यले एक महिनाभित्र संविधानसभाका समिति बहिस्कार गर्ने अडानलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले मन्त्री, आयल निगम र व्यवसायीको मिलोमतोमा एलपी ग्यासको कृत्रिम अभाव गरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि कमिशनकै लागि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आपत्ति जनाएको छ । इमेजखबरमा समाचार छ।