प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । जिल्ला कृषि बिकास कार्यालय अर्घाखाँचीको आयोजनामा सार्बजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला कृषि बिकास कार्यलय अर्घाखाँचीबाट यस आर्थिक बर्षमा गरिने कामको बारेमा बरिष्ठ कृषि बिकास अधिकृत योगप्रसाद खरेलले जानकारी गराउनु भएको थियो । उहाले परमपरागत कृषि पेशालाइ ब्यबसायीकता तर्फ लैजान सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सबै काम पारदर्शि तरिकाले गर्नु पर्ने बताउदै कृषि क्षेत्रको बिकासका लागि सबै एक जुट हुनु पर्ने बताउनु भयो । स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले कृषकका सबै कार्यमा हातमा हात मिलाएर ब्यबसायीक कृषकको सख्या बढाउन जिल्लामा पहल गरिरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, एमालेका जिल्ला उपाध्यक्ष जीबनारायण कोइराला, एमाओबादीका जिल्ला सचिब ठाकुर कुमार बिक, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का लगायत राजनितिक दलका नेताहरु, संघ सस्थाका प्रमुखहरु,कृषक र सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।