काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासदहरु अनुपस्थित भएपछि व्यवस्थापिका संसद अन्तर्गतको समितिको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको छ ।
इमेजखबरमा समाचार छ। बैठक सुरु भएलगतै एमाले सभासद भरतमोहन अधिकारीले एमाओवादीका सभासदहरुको अनुपस्थितिमा बैठक बस्न नहुने भन्दै स्थगित गर्न प्रस्ताव राखेका थिए ।
सो प्रस्तावमा अरु सभासदहरुले पनि समर्थन जनाएका थिए । त्यसपछि आगामी बैठकमा उपस्थिति हुन एमाओवादी सभासदहरुलाई आग्रह गर्दै बैठक स्थगित गरिएको समिति सभापति प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा पुराना सवारी साधनको व्यवस्थापनबारे छलफल गर्ने एजेण्डा थियो ।
सो एजेण्डामा छलफल गर्न सरकारका मुख्य सचिव, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरुलाई बोलाईएको थियो ।
एकीकृत नेकपा माओवादीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई असहयोग गर्ने पार्टीको नीति अनुसार संसद र संविधानसभा अन्तरगतका कुनै पनि समितिमा उपस्थित नहुने निर्णय गरेको छ । इमेजखबरमा समाचार छ।