काठमाडौं । नेकपा एमालेले साना दलहरुलाई समेत समेटेर सत्तारुढ दलहरुले अघि सारेको नौ बूँदे प्रस्ताव संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।
इमेजखबरमा समाचार छ। प्रश्नावली समितिमा पार्टीको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बसेको एमाले स्थायी कमिटी वैठकले साना दलहरुलाई समेत समेटिने गरी प्रस्तावमा केही संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
संघीयताको विषयमा पार्टीको अडान परिवर्तन हुन नसक्ने भन्दै एमालेले सात प्रदेशमा सहमति नहुने भए संघीयताको विषयमाथि अभैm केही समय छलफल चलाउनुपर्ने पनि बताएको छ ।
बैठकमा नेताहरुको कार्यविभाजनबारे छलफल भए पनि कुनै निर्णय भने हुन सकेन । इमेजखबरमा समाचार छ।