काठमाण्डौ । अर्घाखाँची जिल्लाको केरुङ्गाबाट काठमाण्डौ आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न भई छरिएर रहेका केरुङ्गेलीहरुलाई थप एकताबद्ध गराउन र सामूहिक भाइचारा अभिवृद्धि गर्न केकासले यहि २०७१ साल फाल्गुन २ गते शनिवार, त्रिभूवन पार्क थानकोटमा वृहत भेटघाट तथा वनभोजको आयोजना गर्ने भएको छ ।
उक्त दिन सम्पूर्ण केरुङ्गेली सदस्यहरु विच आवश्यक र महत्वपूर्ण छलफल गरी नयाँ कार्यक्रमहरु तयार गर्ने, नयाँ कार्य समिति गठन गर्ने, आगामी रणनिति तथा कार्यक्रमहरुका विविध विषयमा छलफल गर्ने, सामुहिक समस्याको पहिचान गर्ने र निदानको उपाय निकाल्ने जस्ता कार्यक्रमहरु रहेको संस्थाका वर्तमान कार्यसम्पादन समितिमा संयोजक तथा वनभोज आयोजक कमिटिका संयोजक रामु खनालले वताउनु भयो ।
उक्त दिन सम्पूर्ण केरुङ्गेलीहरुको गरिमामय उपस्थितिको लागि संस्थाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।