सन्धिखर्क नगरपालिका कार्यालय अर्घाखाँचीको सुचना

सडक वत्ती व्यवस्थापन गर्ने बारेमा सन्धिखर्क नगरपालिका कार्यालयको सुचना

नगरक्षेत्र भित्रका सडक वत्तीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी सडक वत्ती उपभोक्ताहरुको भएको हुँदा टोलका सडक वत्तीको मिटर कहाँ  छ मिटरबाट विद्युत चुहावट भएको छ वा छैन समयमा वत्ती बन्द गरिएको छ कि छैन अनुगमन गर्नुहुन सबै उपभोक्ता समितिहरुलाई हार्दिक अनुरोध छ । नगरपालिकाद्धारा हालसम्मको बाँकी विद्युत महसुल तिरी सडक वत्ती सुचारु गरिएको छ । सडक वत्ती बाल्न चाहनुहुने उपभोक्ताहरुले आफनो टोलको सडक वत्ती आफै व्यावस्थापन गर्नु हुन अनुरोध गरिन्छ । पुन सडक अव्यवस्थित भै लाईन काटिएमा वा प्रयोगकर्ताबाट सडक वत्तीको महसुल भुक्तानी नभएमा सड्क बत्ती सुचारु नहुने व्याहोरा समेत जानकारीको  लागि अनुरोध छ  

                                            कृष्ण प्रसाद सापकोटा
                                            कार्याकारी अधिकृत
                                 सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची । 



जग्गा प्लटिङ रोक लगाईएकोबारे सन्धिखर्क नगरपालिका कार्यालयको सुचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही समय अगाडी जारी गरेको परिपत्रले नगरपालिकाको पूर्व स्वीकृत नलिई सबै प्रकारका जग्गाहरुको प्लटिङ र घडेरी निर्माणमा बन्देज लगाईएको हुँदा नगर भूउपयोग-योजना निर्माण नभएसम्मका लागि सबै प्रकारका जग्गाहरुको प्लटिङ र घडेरी निर्माणमा रोक लगाईएको व्यहोरा अनुरोध छ । नगरपालिकाको पुर्व स्वीकृत नलिई प्रचलित प्रवाधान विपरित माथि उल्लेखित कामहरु गरेमा उल्लेखित क्षेत्रमा नगरपालिकाको सेवा बन्द हुने र प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत सबैको जानकारीको लागि अनुरोध छ ।

                                                 कृष्ण प्रसाद सापकोटा
                                            कार्याकारी अधिकृत
                                 सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची । 


घरको नक्सा पास गर्नुपर्नेबारे सन्धिखर्क नगरपालिका कार्यालयको सुचना

नगरपालिकाबाट घरको नक्सापास गरेर मात्र निर्माण कार्य शुरु गर्नु पर्नेमा घर निर्माण भैसकेपछि नक्सा बनाउने पद्धतिप्रति नगरपालिका चिन्तित छ । त्यसकारण नक्सा पास गरेर मात्र घर निर्माणको कार्य आरम्भ गर्नुहुन सम्पुर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछौ । आजका मिति देखि नक्सापास नगरीकन घर निर्माण गर्नेहरुको नक्सापास नगरिने र अन्य सेवा सुविधाहरु प्रदान गर्न नगरपालिका बाध्य नहुने व्यहोरा समेत यसै सुचनाद्धारा जानकारी गराईन्छ ।


                                                  कृष्ण प्रसाद सापकोटा
                                            कार्याकारी अधिकृत
                                 सन्धिखर्क नगरपालिकाको कार्यालय, अर्घाखाँची । 

अन्य समाचारहरु