श्रीलंकामा अल्पसंख्यक तमिल समुदायका व्यक्ति मूख्य न्यायाधीशमा

श्रीलंकामा अल्पसंख्यक तमिल समुदायका व्यक्ति मूख्य न्यायाधीश भएका छन् ।
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले न्यायाधीश के श्रीपवनलाई देशको मूख्य न्यायाधीशमा नियुक्त गरेका हुन् ।
बहुसंख्यक सिंहाली समुदायका राष्ट्रपति सिरिसेनाले अल्पसंख्यक तमिल समुदायका ६२ वर्षीय श्रीपवनलाई देशको मूख्य न्यायाधीश बनाएका हुन् ।
अलग राज्यका लागि संघर्षरत लिट्टेको पृथकतावादी आन्दोलनलाई निवर्तमान राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००९ मा शक्तिको बलमा नियन्त्रण गरेका  थिए ।
द्वन्द्व अन्त्यपछि पनि अल्पसंख्यक तमिलमाथि ज्यादती भइरहेको आवाज उठेका बेला नयाँ राष्ट्रपति सिरिसेनाले भने तमिल समुदायलाई पनि सँगै लिएर हिड्न चाहेको समाचारमाध्यमहरुले जनाएका छन् ।
यसअघि राजापाक्षे सरकारले हटाएका पूर्व मूख्य न्यायाधीश शिरानी बन्दरानायकेको पुनर्वहाली गरिएको थियो । 
AGENCIES