नेपाल खाद्य संस्थान शाखा हुम्लाले तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेता पनि गोदाममा मौज्दात सकिएकाले जिल्लामा फेरि खाद्यान्न सङ्कट हुनथालेको छ । हुम्ला जिल्लाको आर्थिक वर्ष २०७१-०७२ मा कोटा १० हजार ९०० क्विन्टल स्वीकृत भएपनि पुस २ गतेदेखि हालसम्म दुई हजार क्विन्टल चामल र गहुँ मात्र संस्थानले वितरण गरेको छ ।
इमेजखबरमा समाचार छ। कारागारका कैदीलाई कोटाअनुसार आठ क्विन्टल ८८ केजी छुट््याइ सिमिकोट गाविसका जनतालाई प्रतिव्यक्ति पाँच केजीका दरले, कर्मचारी, शिक्षक र प्रहरीलाई १५ केजी, होटल व्यवसायीलाई चार केजी र विद्यार्थीलाई १० केजीका दरले मात्र वितरण गरेपछि खाद्यान्न सङ्कट बढेको छ ।
खाद्यान्न सङ्कट भएपछि नेपाल खाद्य संस्थान शाखा हुम्लाले अञ्चल कार्यालय नेपालगन्ज र केन्द्रीय कार्यालय काठमाडौँलाई तत्काल हवाइमार्गबाट तीन हजार क्विन्टल, पैदलमार्गमा दुई हजार ५०० क्विन्टलका लागि पत्राचार गरी हुम्लाका जनतालाई भोकमरीबाट बचाउन अनुरोध गरेको छ । इमेजखबरमा समाचार छ।