काठमाडौं, माघ १८ । एकीकृत माओवादीले सत्तारुढ दल कांग्रेस र एमालेले आफ्नो कुरा नसुनेको भन्दै आन्दोलनमा जान कमाण्डर तोकेको छ ।
इमेजखबरमा समाचार छ। जनतासमक्ष आफ्ना कुरा सुनाउने भन्दै तोकिएका कमाण्डरहरुमा एमाओवादीका शीर्ष तीन नेता रहेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मध्य, नेता डा. बाबुराम भट्टराईलाई पश्चिम र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पूर्वी क्षेत्रको सडक संघर्ष चर्काउन जिम्मेवारी तोकिएको हो ।
पार्टी मूख्यालय कोटेश्वरमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै एमाओवादीले सत्तारुढ दलले सहमति गर्नै नचाहेको र माओवादीलाई समूल रुपमा सिध्याउने षडयन्त्र थालिएको आरोप लगाएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले अबको फैसला जनताले नै गर्ने निष्कर्ष सुनाए । संविधानका अन्तरवस्तुमा सत्तारुढ कांग्रेस