एमाले अध्यक्ष केपी ओलीले एकीकृत माओवादी सहभागी नभएपनि संविधान लेखनको प्रक्रिया नरोकिने दोहोर्याएका छन् ।
इमेजखबरमा समाचार छ। राजधानीमा मंगलबार प्रगतिशील प्राध्यापक संगठनको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा ओलीले अब कसैले पनि संविधान निर्माण प्रक्रियालाई रोक्न नसक्ने बताए ।
अध्यक्ष ओलीले मुलुकले राष्ट्रिय एकतासहितको लोकतान्त्रिक संविधान पाउनेमा शंका नगर्नसमेत आग्रह गरे । उनले जातीय पहिचानको राज्य पुनःसंरचना आवश्यक नभएकोसमेत बताए ।
यसैबीच, एमाले अध्यक्ष ओलीसँग मंगलबार नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले भेटवार्ता गरेका छन् ।
एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखनको प्रक्रियाबारे छलफल भएको बताइएको छ । इमेजखबरमा समाचार छ।