संविधान जारी गर्ने देशबासीको चाहनालाई कुनै पनि शक्तिले रोक्न नसक्ने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने देशबासीको चाहनालाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
इमेजखबरमा समाचार छ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उनले एकीकृत माओवादीलगायतका विपक्षी मोर्चाको धम्कीले संविधान लेखनको काम नरोकिने पनि स्पष्ट पारे ।
सहमतिको नाममा अनन्तकालसम्म संविधान जारी गर्ने काम रोक्न नसकिने भन्दै कोइरालाले विपक्षी मोर्चालाई संवाद र वार्तामा आएर संविधान लेखनमा सघाउन आग्रह गरे ।
प्रधानमन्त्री कोइरालाले निकासको बाटो आन्दोलन नभएकाले जनताले आन्दोलनमा साथ नदिने दाबी पनि गरे ।
सहमतिमा नै संविधान जारी गर्नुपर्ने विदेशीहरुको सुझाबबारे पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री कोइरालाले यो प्रश्न विदेशीलाई नै गएर सोध्न आग्रह गरे । इमेजखबरमा समाचार छ।