संविधानसभाको इतिहासमा विपक्षीको बहिष्कारकै बीच सभाको बैठक

काठमाडौं । संविधान सभाको  बैठकमा एकीकृत माओवादी नेतृत्वमा रहेको विपक्षी दलहरुको गठबन्धनले बहिष्कार गरेका छन । 
संविधानसभाको इतिहासमा विपक्षीको बहिष्कारकै बीच सभाको बैठक बसेको यो पहिलो पटक हो ।
संविधान सहमतिका आधारमा बनाउने कि सहमति नभए पनि प्रक्रियालाई पनि सँगै अघि बढाउने भन्ने विषयमा सत्ता र विपक्षबीच कुरा नमिलेपछि दलहरु मूठभेडको बाटोमा लागेका छन् ।
माघ ५ गते राति एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभामा वितण्डा मच्चाएपछि त्यसयता दलहरुबीच राम्रोसँग संवाद नै हुन सकेको छैन ।
बरु शीर्ष भनिएका नेताहरु नै अत्यन्तै निम्नस्तरको गाली गलौजमा उत्रिरहेका छन् ।
विपक्षी दलहरुले हिजो बैठक गरेरै आज बोलाइएको संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए । इमेजखबरमा समाचार छ।