प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार बसेको मोर्चाको बैठकले यही माघ २९ देखि फागुन ९ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम तय गरेको हो।
कार्यक्रम अनुसार माघ २९ गते देशभर कालोझण्डा गाड्ने र २ गते देशभर संयुक्त कार्यकर्ता भेला गर्नेछन्। कार्यकर्ता भेलाका लागि संयोजक प्रचण्डसहितका ३५ नेताहरुलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
आन्दोलनका कार्यक्रम अनुसार २९ गते देशव्यापी रूपमा सार्वजनिकस्थलहरूमा कालो झन्डा गाड्ने, २ गते संयुक्त कार्यकर्ता भेला, ३ गते देशभर जिल्ला प्रशासन कार्यालय घेराउ/धर्ना गर्ने निर्णय गरेको छ। यस्तै फागुन ९ गते देशभर जनप्रदर्शन गरिने निर्णय गरेको छ।