१७ जना सहसचिव सचिवमा बढुवा, मन्त्रिपरिषदको निर्णय सहित

टंकमणि शर्मा, श्रीधर सापकोटा, सुरेशप्रसाद आचार्य, प्रेमकुमार राई, खुमराज पुञ्जाली, दिनेश कुमार थपलिया, विजयकुमार मल्लिक र नवराज भण्डारीलाई सचिवमा बढुवा गरेको हो ।
अन्लाईनखबरमा समाचार छ। यसैगरी ईश्वरीप्रसाद पौडेल, लक्ष्मणप्रसाद मैनाली, शरदराज विष्ट, गजेन्द्र ठाकुर, सुनिलबहादुर मल्ल, रामकुमार आचार्य, रमेशकुमार शर्मा, ईश्वरराज श्रेष्ठ र राजन खनाल पनि सचिवमा बढुवा भएका छन् ।
यसअघि लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी नेतृत्वको बढुवा सिफारिस समितिले सचिव पदमा बढुवाका लागि ४२ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।
को कहाँ ?
उनीहरुमध्ये सुनिलबहादुर मल्ललाई सूचना तथा सञ्चार मन्त्रालयमा, विजयकुमार मल्लिकलाई मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा, ईश्वरीप्रसाद पौडेललाई जल तथा उर्जा आयोगमा र रमेशकुमार शर्मालाई राष्ट्रिय सतर्कता केन्द्रमा जिम्मेवारी तोकिएको छ ।
यसैगरी दिनेशकुमार थपलीया पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा, खुमराज पुन्जाली शान्ति मन्त्रालयमा, टंकमणी शर्मा सार्वजनिक खरिद अनुगमन कार्यालयमा र प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिम्मेवारी तोकिएको छ ।
लेखा परिक्षण सेवाबाट ईश्वरराज श्रेष्ठलाई महालेखा परीक्षकको कार्यालयमा र सुनिलबहादुर मल्ललाई बढुवा गरी सूचना तथा सञ्चार मन्त्रालयमै पदस्थापन गरिएको सूचना तथा सन्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।
अन्लाईनखबरमा समाचार छ। बैठकले नेपाल विविध सेवा राजपत्रांकित तृतीय श्रेणीको महिला विकास अधिकृतको न्यूनतम शैक्षिक योग्यता तोक्नाका साथै निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिका २०७१ पनि पारित गरेको छ ।
त्यसैगरी अन्तरदेशीय धर्मपुत्र/धर्मपुत्री व्यवस्थापन समितिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा अर्को व्यवस्था नहुन्जेलका लागि वनस्पति विभागका महानिर्देशक यमबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री रिजालले जानकारी दिए ।
 
सरकारले माघी महोत्सव मनाएका थारु कल्याणकारी सभा र नेपाल मगर संघलाई पाँच-पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै तमु गुरुङ संग्र्रहालय भवन निर्माणका लागि २५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । अन्लाईनखबरमा समाचार छ।