१३ विद्यार्थी संगठनहरुद्धारा सार्बजनिक यातायातका भाडा घटाउन माग

काठमाडौं । एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सहित १३ विद्यार्थी संगठनहरुले सार्बजनिक यातायातका भाडा घटाउन माग गर्दै यातायात व्यवस्था विभागलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
अन्लाईनखबरमा समाचार छ । विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग सम्वोधन नभए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
८ बुँदे ज्ञापनपत्रमा डेढ महिनाको अवधिमा डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटिसकेकोले आजकै मितिबाट गाडी भाडा घटाउन र जथाभावि भाडा लिनेहरुलाई कारवाही गर्न माग गरिएको छ ।
यस्तै सार्बजनिक यातायातको भाडा दर सहितको नागरिक बडापत्र सार्बजनिक स्थलहरुमा राख्न, यातायात सेवा सुरक्षित र भरपर्दो बनाउन तथा ४५ प्रतिशत विद्यार्थी सहुलियत पूर्णरुपले लागु गर्न माग गरिएको छ ।
सार्बजनिक यातायातको दुरी शून्यदेखि ४ किलोमिटरलाई खण्डिकरण गरी शून्यदेखि २ किलोमिटर कायम गर्ने विगतको प्रतिबद्धता कार्यान्वयन गर्न पनि विद्यार्थीहरुले माग गरेका छन् । अन्लाईनखबरमा समाचार छ ।