यमनमा हूती विद्रोहीद्धारा संसद भंग गरेर सत्ता आफ्नो हातमा लिएको घोषणा

यमनमा हूती विद्रोहीले सत्ता कब्जा गरेका छन् । संसद भंग गरेर उनीहरुले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका हुन् ।
यो सँगै यमनमा लामो समयदेखि चलिरहेको सत्ताको लडाई तत्कालका लागी रोकिएको छ ।
यस गूटले सेप्टेम्बरमा राजधानी सनामाथि कब्जा जमाएर राष्ट्रपति आबेद मन्सूर हादीलाई जनवरीमा पद त्याग्न बाध्य पारेको थियो ।
अतिवादी शिया समूहले सनामा टेलिभिजनमार्फत् देश सञ्चालनका लागि १५१ सदस्यीय एक काउन्सिल पनि स्थापना गरेको जनाएका छन् ।
यस काउन्सिलले अन्तरिम सरकारलाई सल्लाह दिनेछ । संयुक्त राष्ट्रसंघले गरिरहेको शान्तिवार्ता असफल भएलगत्तै सत्ता कब्जाको घोषणा गरिएको थियो । 
– Agencies