सन्धिखर्कमा आमाको पुण्य तिथिमा गरिव विद्यार्थीलाई आर्थिक सहयोग प्रदान

अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची   ।  अर्घाखाँची युवा परिषद्का अध्यक्ष कृष्णप्रसाद भुसालले आफ्नी आमा पवित्रा भुसालको वार्षिक पुण्य तिथिको अबसर पारेर  गरिव परिवारलाई आर्थिक सहयोग गरेका छन् ।  
सन्धिखर्क नगरपालिका वडा नं. ११ का स्वर्गीय कृष्णप्रसाद पाण्डेका दुई छोराको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले ५ हजार रुपैयाँ सहयोग गरेका हुन । उनले पाण्डेकी श्रीमती धनकलालाई आर्थिक हस्तान्त्रण गरेका हुन ।  कृष्णप्रसादको  निधन पछि परिवारको आर्थिक स्थिति निकै कमजोर भएको छ । पाण्डेको  ४० वर्षको उमेरमा  बिरामी परेर निधन भएको हो ।
 पाण्डेका दुइ छोरा छन् । जेठो प्रविणले कक्षा ३ मा र कान्छो  प्रभावतले युकेजीमा  सन्धिखर्कमा रहेको ग्रिन इङलिस वोर्डिमा अध्ययन गर्छन । भुसालले दुवै छोराले एसएलसी उत्र्तिण नगर्दा सम्म वार्षिक रुपमा ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएका छन् । वार्षिक पुण्य तिथिकै दिन हरेक वर्ष सहयोग उपलब्ध गराउने उनले बताए । पाण्डेकी  श्रीमती धनकलाले यो रकमले आफ्नो दुबै छोराको अध्ययनमा  ठूलो सहयोग पुग्ने विश्वास लिएको बताइन ।  

अन्य समाचारहरु