प्रेस युनियन लुम्बिनी अञ्चलको भेला नरपानीमा

अर्जुन भुसाल
नरपानी, अर्घाखाँची   ।  नेपाल प्रेस  युनियन लुम्बिनी अञ्चलको  भेला फाल्गुन १ र २ गते जिल्लाको पर्यटकीय स्थल  नरपानीमा हुने भएको छ । 
सन्धिखर्क नगरपालिका वडा नं. ७ मा रहेको पर्यटकीय स्थल नरपानीको प्रचारप्रसारका लागि भेलाको आयोजना गर्न लागिएको युनियनले जनाएको छ ।   युनियन अर्घाखाँचीले  भेलाको लागि तयारी तीब्र पारेको छ । लुम्बिनी अञ्चल समितिको  आयोजनामा हुन लागेको भेलालाई युनियन अर्घाखाँचीले संयोजन गर्ने भएको छ । 
 भेला सफल पार्न नेपाली कांग्रेसका जिल्ला सभापति  सभापति कमलप्रसाद भुसालको प्रमुख आतिथ्यतामा शाखाको बैठक बसेर  विभिन्न उप-समिति गठन गरेको प्रेस युनियन अर्घाखाँचीका सभापति सुर्यप्रसाद भुसालले जानकारी दिए । भेला सम्पन्न पार्न   प्रेमनारायण आर्चायको संयोजकत्वमा  आर्थिक उपसमिति, रुद्रमणि भुसालको संयोजकत्वमा प्रचारप्रसार, तराप्रसाद खनालको संयोजकत्वमा अतिथि सत्कार र अशोक पौडेलको संयोजकत्वमा खाद्य व्यवस्थापन  उपसमिति गठन  गरिएको छ  ।  
भेलाको उद्घाटनको लागि सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाललाई आमन्त्रण गर्ने वैठकले निर्णय गरेको प्रेस युनियनका सचिव नेत्रप्रसाद मरासिनीले बताए । भेलामा प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री ुिसग्देल , महासचिव अजयबाबु सिवकोटी, क्षेत्रिय संयोजक प्रदिप काफ्ले सचिव केवि राना लगायतको उपस्थिति रहने  युनियनले जनाएको छ ।  

अन्य समाचारहरु