एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चा सरकारसँग तत्काल वार्तामा नबस्ने

  काठमाडौं, माघ २६ । एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चा सरकारसँग तत्काल वार्तामा नबस्ने भएको छ ।

इमेजखबरमा समाचार छ । सिंहदरबारमा सोमबार बिहान बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीबाट वार्ताका लागि आइतबार गरिएको आह्वान सकारात्मक भएपनि माग सम्बोधन नभएको आरोप लगाएको छ ।
बैठकपछि मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले संविधान लेखनको प्रक्रिया नरोकेसम्म विपक्षी मोर्चा वार्तामा नजाने जानकारी दिए ।

सहमतिको आधारमा संविधान लेख्ने वातावरण नबनेसम्म आन्दोलन जारी राख्ने निर्णय पनि मोर्चाले गरेको छ । इमेजखबरमा समाचार छ ।