अमेरिकाले पूर्वी युक्रेनमा जारी संकट समाधानका लागि घातक हतियार उपलब्ध गराउने सक्ने संकेत

अमेरिकाले पूर्वी युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रयास विफल भएमा उसको सुरक्षाका लागि घातक हतियार उपलब्ध गराउने सक्ने संकेत दिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले जारी संकट समाधानका लागि राजनीतिक प्रयास विफल भएमा युक्रेनको सुरक्षाका लागि घातक हतियार उपलब्ध गराउने विषयमा विचार गरिरहेको बताएका हुन् ।
एक नयाँ शान्ति सम्झौता सम्बन्धमा जर्मन चान्सलर एन्गेला मर्केलसँगको वार्तापछि ओबामाले यसअघि मिन्स्कमा भएको सम्झौताका सबै प्रतिबद्धता रुसले उल्लंघन गरेको बताए ।
युक्रेनलाई हतियार उपलब्ध गराउनु पर्ने सम्बन्धमा अमेरिकी वरिष्ठ अधिकारीहरुको ओबामामाथि दबाब बढ्दै गएको बताइएको छ ।
यद्दपी, जर्मन चान्सलर मर्केलले भने ओबामाको यो योजनाप्रति असहमति जनाएकी छिन् ।
पश्चिमा मुलुकहरुले रुसले पूर्वी युक्रेनमा सेना पठाउनुका साथै विद्रोहीहरुलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । तर, रुसले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । AGENCIES