प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मोर्चाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वार्तामा आउन फेरि आग्रह गरेका छन्।
सेतोपाटीमा समाचार छ। यसअघि लिखित रूपमै वार्ताका लागि आव्हान गरेका प्रधानमन्त्री कोइरालाले प्रचण्डलाई आज साँझ टेलिफोन गर्दै वार्तामा आउन आग्रह गरेका हुन्।
टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि वार्तामा आउन प्रचण्डलाई आग्रह गरेका हुन्। साथै संवैधानिक निकायहरु नियुक्तिका लागि संवैधनिक निकायको बैठक पनि बस्नुपर्ने कुरा पनि राखेका थिए। जवाफमा प्रचण्डले आफूहरु पनि वार्ताबाटै समस्याको समाधान गर्नुपर्ने पक्षमा रहेको भन्दै त्यसका लागि सत्तापक्षले सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रश्नावली समितिको खारेज गरिनुपर्ने तथा शान्ति प्रक्रियाका पक्षाधर र जनआन्दोलनका सबै पक्षधर शक्तिहरुको सहमतिको आधारमा संविधान जनाउने प्रतिवद्धता सत्तापक्षले जनाउनु पर्नेलगायतका पुरानै अडानलाई प्रचण्डले कायमै राखेका थिए।
प्रचण्डले संवैधानिक परिषदको बैठक राखे आफू बैठकमा सहभागी हुने कोइरालालाई बचन दिएपनि संविधान निर्माणका प्रक्रियाका सवालमा भने सहमतिको आधार प्रष्ट नपारिएसम्म वार्तामा बस्न नसकिने बताएको प्रचण्डको भनाई उद्धृत गर्दै उनको नीजि सचिवालयले जनाएको छ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समितिको घोषणा गरेपछि एमाओवादी सहितको विपक्षी मोर्चा आन्दोलनमा छन्।
यता प्रधानमन्त्री सुशील कोइरालाले प्रचण्डलाई फोन गरेर वार्तामा आउन आग्रह गरिरहेका छन्। सेतोपाटीमा समाचार छ।