काठमाडौं देखि सन्धिखर्क सम्म सार्वजनिक यातायातको नयाँ भाडादर (पूर्ण विवरणसहित)

सन्धिखर्क  । पछिल्लो पटक इन्धनमा घटेको मुल्य अनुसार सार्वजनिक यातायातको भाडादर साढे एकदेखि सवा ५ प्रतिशतसम्म घटेको  छ ।  
जसअनुसार काठमाडौं देखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ७५१ रुपैयाँ कायम भएको छ । यसअघि ७६७ रुपैयाँ लिने गरेका थिए । 
बुटवल-गोरुसिङ्गे-सन्धिखर्कसम्म ११९ किलोमिटर सडकमा २५६ रुपैयाँ लाग्ने छ । यसअघि २६१ रुपैयाँ थियो । यसैगरी पथरकोट देखि सन्धिखर्कसम्म ५७ किलोमिटर सडकमा १३८ रुपैयाँ कायम छ। यसअघि १४१ रुपैयाँ लिइदै आएको थियो। 
हाल डिजेलको रु. ८६.५० र पेट्रोलको रु. १०९ रुपैयाँ रहेको छ । 
उता पछिल्लो पटक २०७१ पुस ९ गते निर्धारण भएकोमा यात्रुवहाक सवारीमा २.०३ र सार्वजनिक मालवाहक सवारी साधन ट्रकमा तराईको हकमा ५.२८ तथा पहाड तर्फ नारायणगढ-पोखरा तथा नारायणगढ-काठमाडौंमा ४.३७ प्रतिशत घटाइएको छ । त्यसैगरी मिटर जडित ट्याक्सी तथा त्रिभूवन विमानस्थबाट चल्ने पर्यटकीय सवारी साधनमा १.४२ प्रतिशत भाडा घटाइएको छ । 

अन्य समाचारहरु