प्रेमनारायण आचार्य
अर्घा, अर्घाखाँची । सामुदायीक सेवा केन्द्र अर्घाखाँचीले अर्घा भगबती प्राबी दरबारका सम्पुर्ण बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
सामुदायीक सेवा केन्द्र अर्घाखाँचीले सञ्चालन गरेको अति बिपन्न र अति जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो ।
९५ प्रतिशत भन्दा बढि दलित र ५ प्रतिसत मात्र जनजाती र ब्राह्मण क्षेत्रीले अध्यन गर्ने यस बिद्यालयका सम्पुर्ण बिद्यार्थीकालागि समाजसेबी तथा शिक्षा प्रेमी बाबुराम भुसालले कापी पेनन्सील र कटहरको साथै अन्य शैक्षिक सामाग्रीको ब्यबस्थापन गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक युबराज तिमिल्सिना,समाजसेबी तथा शिक्षाप्रेमी बाबुराम भुसाल, सामुदायीक सेवा केन्द्रकी जिल्ला सदस्य चन्द्रा गैरे, नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, बिद्यालयका प्रधनाध्यापक हरि गन्धर्ब लगायतले मन्तब्य राख्दै शैक्षिक सामाग्री बितरणले अति गरिब परिबारका बिद्यार्थीलाइ फाइदा पुग्ने बताएका छन ।
अर्घाखाँचीका सम्पुर्ण बिद्यालयमा सञ्चालन गर्ने उदेश्य लिएको यो कार्यक्रम छैठौ बिद्यालयको रुपमा अर्घा भगबती प्राबीमा बितरण गरिएको सामुदायीक सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानले बताउनु भयो ।
यस अघि गंगा निम्न माधयमिक बिद्यालय चुत्राबेसी, युबा बर्ष रबिचित्र माबि हटारीनेटा, आदर्श निम्न माध्यमिक बिद्यालय अर्घा धरमपानी लगायतका ६ स्थानमा शैक्षिक सामाग्री बितरण गरि सकेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब निरिक्षक शुसिल घिमिरेले बताउनु भयो ।
कार्यक्रम सामुदायीक सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता र बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।
(तस्बिरहरु सबै: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम)