युक्रेनमा हिंसा अन्त्यका लागि बहुराष्ट्रिय वार्ता सुरु हुने अघिल्लो दिन पूर्वी युक्रेनका विभिन्न भागमा भीषण गोली हानाहान भएको छ ।
बेलारुसको मिन्स्कमा बुधबार युक्रेन, रुस, जर्मनी र फ्रान्सका नेताहरुबीच हिंसा अन्त्यका लागि शिखर बैठक हुँदैछ । बैठकमा फ्रान्स र जर्मनीले प्रस्ताव गरेको शान्ति सम्झौतामा रुस र युक्रेनलाई हस्ताक्षर गराउने योजना अन्तर्राष्ट्रिय समुदायको छ ।
सम्भावित शान्ति सम्झौताको पृष्ठभूमिमा मंगलबार मात्रै भएको हिंमामा ७ जना मारिएका हुन् । पूर्वी युक्रेनका क्रामातोस्क सहरमा विद्रोहीले युक्रेनी सेनाको शिविरमा रकेट आक्रमण गर्दा ७ सर्वसाधारण मारिएको दाबी गरिएको छ ।
मरिउपोल सहरमा पनि संघर्ष उत्कर्षमा पुगेको छ । सो सहरमा युक्रेनको स्वयंसेवी दस्ता भन्दै खुेलेको अजोर बटालियनले रुस समर्थित विद्रोहीविरुद्ध प्रतिकार सुरु गरेको छ । (एजेन्सी)