बाग्लुङ क्षेत्र नम्बर-१ को निर्वाचन चैत २८ गते हुने

काठमाडौं – मन्त्रिपरिषद बैठकले बाग्लुङ क्षेत्र नम्बर-१ को निर्वाचन चैत २८ गते गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त सो क्षेत्रको निर्वाचन गराउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
नागरिकन्युजमा समाचार छ । सो क्षेत्रबाट संविधान सभामा निर्वाचित नेपाली कांग्रेसका सभासद हरिबहादुर खड्काको जीप दुर्घटनामा परी निधन भएको थियो। मंसिर १७ गते बाग्लुङकै भकुेन्डेमा जीप दुर्घटनामा परी घाइते भएका उनको काठमाडौंको न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। 
प्रधानमन्त्री सुशील कोइरालाले उद्‌घाटन गर्ने बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसले आयोजना गरेको धनधन्यञ्चल महायज्ञ उद्‌घाटन समारोहमा सहभागी हुन जाँदा सो दुर्घटनामा भएको थियो।
यसैगरी आजको मन्त्रिपरिषद बैठकले सन् २०१७ सम्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सरसफाइ दूत निर्णय पनि गरेको छ।