काठमाडौं । विश्व रेडियो दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
इमेजखबरमा समाचार छ । त्यसयता नेपालमा पनि हरेक वर्ष रेडियो दिवसमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । रेडियोलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरुबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोमा सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६३ वर्ष पुगेको छ । वि.सं. २००३ सालमा नेपालमा रेडियोको प्रशारण सुरु गरिएको भएपनि औपचारिक रुपमा भने २००७ साल चैत्र २० गतेदेखि नेपाल रेडियोका नाममा रेडियो सन्चालन सुरु भएको हो ।
एफएम प्रशारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । इमेजखबरमा समाचार छ ।