नेपाल भाारतबीच सीमा सुरक्षा विवादको मेत्रीपूर्ण समाधान खोज्न वीरगन्जमा बोर्डर समिट

नेपाल भाारतबीच सीमा सुरक्षा विवादको मेत्रीपूर्ण समाधान खोज्न वीरगन्जमा बोर्डर समिटको आयोजना हुने भएको छ। भारतीय महावाणिज्य दूतावास वीरगंजले शुक्रबार पत्रकार सम्मेलन गरि बोर्डर समिट हुन गइरहको जानकारी गराएको हो। 
सेतोपाटीमा समाचार छ।  वीरगन्जस्थित दूतावास कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा फागुन ७ र ८ गते हुने नेपाल भारत वोर्डर समिट कार्यक्रममा भारतको तर्फबाट गृह मन्त्रालयका सचिव स्नेहलता कुमारले नेतृत्व गर्ने जानकारी गराइएको थियो।
 
सीमा सुरक्षा विवादको मेत्रीपूर्ण समाधान खेज्न भारतीय महावाणिज्य दूतावास वीरगन्जले पहिलो पटक यस्तो बोर्डर समिट गर्न गइरहेको महावाणिज्य दूत अञ्जु रन्जनले बताइन। उनले पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको रोटी बेटीको सम्बन्ध रहेको बताउँदै बिश्वकै सवभन्दा लामो १८७० किलोमिटर खुल्ला बोर्डर नेपाल र भारतको सीमामा  रहेको र व्यापार ,वाण्ज्यि, खुल्ला सीमाना बिवाद, जन सम्पर्क र समान परम्परा, एतिहासिक साँस्कृतिक र भौगिलक रुपमा परापूर्वकालदेखि नै भारत र नेपाल अन्तर सम्बन्धि आत्म निर्भर रहेका धारण व्यक्त गरिन्।
 
भारत नेपालबीचको सम्बन्धलाई प्रोत्साहित गर्नमा खुल्ला सीमा सुरक्षा र भन्सार तथा गैर भन्सारसँग सम्वन्धित समस्याहरुले बाधा अवरोध पुर्‍याइरहेको र त्यसको समाधानको लागि यो समिटको आायोजना गरिएको वाणिज्यदूत रन्जनको भनाइ रहेको थियो।
 
६ चरणमा संचालन हुने समिटमा सीमाना सम्बन्धि सुमधुर सम्बन्ध, सुरक्षा र जनमानसको आवागमन, खुल्ला सीमाना व्यापार,खुल्ला सीमाना पर्यटन र अवरोध तथा समाधान बिषयमा छलफल हुने पत्रकार सम्मेलनमा दूतावासले जानकारी गराएको छ। बोर्डर समिटमा भारतीय राजदूत रंजित रे , बाबा साहेव भीमराव अम्वेडर बिहार बिश्व बिद्यालय मुज्जफरपुरका उपकुलपति डा. पंडित पालाण्डे र मुज्जफरपुरका आईजिपी पारसनाथ तथा नेपालका गृह सचिव सूर्य सिलवाल,भारतको लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र पूर्व अर्थ सचिव रामेश्वर खनाल,समेतको सहभागिता रहने जनाइएको छ।
 
साथै दूतावासले फागुन ७ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। पत्रकार सम्मेलनमा भारतीय महावाणिज्य दूतावास वीरगंजकी प्रमुख अन्जु रन्जन ,कन्सुलर एसएम अख्तर, कृष्ण चैतन्य,राजेश कुमार र जसबिर सिंह लगायतको सहभागिता थियो। सेतोपाटीमा समाचार छ।