बिपि स्मृति भबन सन्धिखर्कमा छलफल तथा अन्तरक्रिया: महिलाको हक र अधिकारकालागि सरकार उदासिन

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष डा. डिला संग्रौलाले महिलाको हक र अधिकारकालागि सरकार गम्भीर नरहेको बताउनु भएको छ । उहाले सामाजिक, आर्थिक, र धार्मिक दृष्टिकोणबाट महिलालाइ हेर्ने दृष्टिकोण फरक रहेको बताउदै महिलाको उन्नतीकालागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनु भयो । 
   नेपाल महिला संघ अर्घाखाँचीले बिपि स्मृति भबन सन्धिखर्कमा आज आइतबार गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै  संघकी अध्यक्ष तथा महिला नेतृ संग्रौलाले महिलाका हक र अधिकार प्राप्तीको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । 
   कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले महिला हक र अधिकारकालागि नेपाली काग्रेस प्रतिबद्ध रहेको बताउदै लोकतान्त्रिक आन्दोलनमा महिला संघले पुराएको योगदानको चर्चा गर्नु भयो ।  नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले जिल्लाका सबै स्थानमा महिला सहभागिताको लागि काग्रेस अर्घाखाँची लागेको बताउनु भयो । 
    महिला संघकी केन्द्रिय सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, निर्मला क्षेत्री, काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्गा , महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, महिलासंघकि पुर्ब कार्यबहाक अध्यक्ष राधा आचार्य, पत्रकार महासंघ अर्घाखाँचीका सचिब प्रेमनारायण आचार्य,महिला संघकि जिल्ला सचिब संगीता बेल्बासे, क्षेत्रीय अध्यक्ष शान्ता खनाल, सरिता अर्याल लगायतले मन्तब्य राखेका थिए । 
   कार्यक्रम महिला संघकी जिल्ला अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता, उपाध्यक्ष निर्मला अधिकारीको स्वागत र सचिब छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु