बाल अधिकार कसका लागि ?

 – बि.आर.पौरखी, अर्घाखाँची
उच्च घरानामा जन्मनेहरुलाई ? 
बाबुआमाको सोखको लागि धाई आमा पाँउनेहरुलाई ?
बाबुआमाको प्रसस्त मायाँ पाँउनेहरुलाई ?
हुनेखाने र कानुनमा पहुँच पुग्नेहरुलाई ?
अग्ला गगनचुम्वी महल र वगँैचामा रमाउनेहरुलाई ?
सवैले देख्न सक्छन्
तर खै त वालअधिकार? सडकछापका लागि ।
आवाजबिहिन ती निरिहहरुका लागि ।
जसको आवाज सुन्न सकिदैन ।
जसको शरीर सुकेनासले आक्रान्त छ ।
जसको नाम थर र वतन नै छैन ।
न त उसको बाबुको नै ठेगान छ ।
कठै ती अबोध प्राणीहरुलाई 
बालबालिकाको नाममा बजेट विनियोजन गर्ने राज्यले देख्न सक्दैन ।
पाँचतारे होटलमा आयोजना हुने सम्मेलन र गोष्ठीमो चर्चा पाउँदैन ।
जसलाई पुष माघको रवि किरणले सेक्न सकेको छैन ।
न त कविको कलमले नै लेख्न सकेको छ ।
न त पत्रकार र राष्ट्रसेवकको नै ध्यान केन्द्रित हुन्छ ।
किनकी उसको नीम्ति समय खर्चेर कसैले केही पाउँदैन ।
निम्नतम मानवीय समवेदना देखाउने कसैको फुर्सत नै छैन ।