प्रथम सन्धिखर्क नगरपालिका रनिङ्गसिल्ड प्रतियोगिता सुरु

अर्जुन भुसाल / शोभाखर पन्थी



सन्धिखर्क, अर्घाखाँची   । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुल भन्ने मुख्य नाराका साथ प्रथम सन्धिखर्क नगरपालिका अन्तर मावि रनिङ्गसिल्ड  प्रतियोगिता आजदेखि सुरु भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजना र जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिता सात गते सम्म चल्ने छ । प्रथम रनिङ्गशिल्ड प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उद्घाटन गरे ।

 


 

खेलको उदघाटन गर्दै प्रजिअ ढकालले खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा फाइदा पु-याउने भएकोले यसको विकासमा जोड दिनुपर्ने बताए । उनले यस खालका प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने भन्दै बेलाबेलामा प्रतियोगिताको आयोजना गर्नुपर्ने बताए ।  प्रजातन्त्र दिवसको अबसर पारेर खेलको आयोजना गरिएको सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । नगरपालिका भित्रका १६ ओटा माध्यमिक विद्यालय मध्य १४ ओटा विद्यालय खेलमा सहभागि भएका छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि भट्टराइले जिल्लामा खेलकुद क्षेत्रको विकास गर्न सबै क्षेत्रले आ-आफ्नो क्षेत्रबाट सहयोग पु-याउनु पर्ने बताए । उनले ठाउँ ठाउँमा स्टडियम निर्माण गर्न सके खेलकुदको विकास हुने बताए ।



 मंगलबार छात्र, छात्रालाई छुटाछुट्टै १ सय, २ सय, ४ सय र ८ सय मिटर दौड प्रतियोगिता सम्पन्न गराइएको छ  । छात्र १ सय मिटरको दौड प्रतियोगितामा गौरीशंकर इङलिस वोर्डिका स्कुल सन्धिखर्कका विपिन के.सी प्रथम, मदरल्याण्ड वोर्डिङ स्कुल सन्धिखर्कका विशाल भुसाल द्वितिय र चन्द्रप्रभा उमावि खाँचीकोटका अस्मित रायमाझी तृतिय भएका छन् । यस्तै १ सय मिटरको छात्रा दौडमा गौरीशंकर इङलिस वोर्डिङका कविता खनाल प्रथम, सन्धिखर्क ग्रिन इङलिस वोर्डिङका रितु थापा द्वितिय र भगवति उच्च मावि शंखेटारी सन्धिखर्कका  अजिता ज्ञवाली तितृय भएका छन् ।



 २ सय मिटरको छात्र दौडमा गौरीशंकर इङलिस वोर्डिङका समुन्द्र वराल प्रथम, युवा वर्ष जनता रविचित्र उच्च मावि सन्धिखर्कका प्रविन घिमिरे द्वितिय र  भगवति उच्च माविका  श्रीकृष्ण भुसाल तृतिय भएका छन् । २ मिटर छात्रा तर्फ  भगवति उच्च माविका लक्ष्मी गिरी प्रथम, गौरीशंकर वोर्डिङका वर्षा पन्थी द्वितिय  र ज्ञानप्रकाश मावि डिभर्नाका विमला जिसी तृतिय भए । ४ सय मिटर छात्र दौडमा गौरीशंकर वोर्डिङका  विष्णु केसी प्रथम, युवा वर्ष जनता रविचित्रका  मेघराज तामाङ्ग द्वितिय र जनज्योति उच्च माविका नविन थापा तृतिय भए । ४ सय मिटर छात्रा दौडमा जनता कृष्ण उच्च मावि किमडाँडा पकलेका  अञ्जु आचार्य प्रथम, भगवति उच्च मावि सन्धिखर्कका  पुनम सेजवाल द्वितिय  र ज्ञानप्रकाश मावि डिभर्नाका सिर्जना परियार तृतिय भएका छन् । यस्तै ८ सय मिटर छात्र दौडमा युवा वर्ष जनता रविचित्र सन्धिखर्कका  भुवन खड्का प्रथम, गौरीशंक वोर्डिङका समुन्द्र बराल द्वितिय  जनज्योति उच्च मावि सन्धिखर्कका नविन थापा तृतिय भए । ८ सय मिटर छात्रा तर्फ भगवति उच्च माविका सन्धिखर्कका दिपा श्रेष्ठ प्रथम, जनज्योति उच्च माविका मुना थापा द्वितिय र जनता कृष्ण उच्च मावि किमडाँडा पकलेका शुसिला खत्री तृतिय भएका छन् । 



भोली बिहिवार रिले दौड, ५ हजार मिटर दौड र भलिवल प्रतियोगिता गराइने आयोजकले जनाएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख, प्रधानध्यापक र पत्रकारका बीच मैत्रीपूर्ण भलिवल र कुर्सी दौड प्रतियोगिताको आयोजना गरिएको छ । 



Arghakhanchi.Com’s earlier story is below.





सन्धिखर्कमा नगरपालिका स्तरीय रनिङ शिल्ड शुरु



शोभाखर पन्थी



अर्घाखाँची – सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजनामा आज देखि सदरमुकाम  सन्धिखर्कमा अन्तर मा.वि रनिङ शिल्ड प्रतियोगिता सुरुभएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले मानिसको चौतर्फि विकासको लागि खेलकुदको आवश्यकता माथि जोड दिएका थिए । वक्ताहरुले हालै स्थापना भएको सन्धिखर्क नगरपालिकाले नगरको विकासको साथै चेतना अभिवृद्धि र खेलकुदको विकासमा बनाएका योजनाहरु प्रभावकारी भएको बताउँदै रनिङ शिल्ड प्रतियोगिताबाट नयाँ खेलाडीको पहिचान गरी राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पु-याउने बताएका थिए । 

 



 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले अर्घाखाँचीको चौतर्फी विकासको निम्ति सबै पक्ष एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले गाउ गाउँमा बढ्दै गएको खेलकुद प्रतिको उत्साहको कारण केहि वर्ष भित्रैमा जिल्लाले खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति गर्ने बताउनु भयो । 



सन्धिखर्क नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षता र शिव बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, नेपाली कांग्रेसका जिल्ला सचिव बासुदेव आचार्य, नेकपा एमालेका पूर्व अध्यक्ष रामजी प्रसाद घिमिरे, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वल ,नेकपा माओवादीका जिल्ला सदस्य देविराम खनाल, राप्रपा का जिल्ला अध्यक्ष देवि बहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टिका सह सचिव इन्द्रबहादुर गेलेङ, खेलकुद विकास समितिका अध्यक्ष हरिप्रसाद भट्टराई, जिल्ला शिक्षा अधिकारी धनसिंह धामी, स्थानीय शान्ती समितिका संयोजक ठाकुर कुमार वि.क किशोर, नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष शम्भुप्रसाद पोख्रेल लगायतका वक्ताहरुले मन्तव्य राख्दै खेलकुदको विकासमा राज्यले जोड दिनु पर्ने बताउनु भएको थियो । 

अन्य समाचारहरु