स्वीटजरल्याण्डको राजधानी जेनेभास्थित एचएसबीसी बैंकमा स्वीस प्रहरीले छापा मारेको छ ।
बैंकमा रहेको एचएसबीसी बैंकको शाखाले विभिन्न खातावालहरुलाई कर छल्न सघाएको विषयबारे अनुसन्धान गर्न छापा मारिएको बताइएको छ ।
अरु ठूला व्यावसायीदेखि माफियाहरुको कालो धन लुकाउन मद्धत गरेको सार्वजनिक भएपछि त्यसबारे छानविन शुरु भएको हो ।
अनुसन्धानकर्ताका अनुसार शुरुमा बैकमाथि नै अनुसन्धान गरे सकेपछि कुनै व्यक्ति विशेषमाथि पनि अनुसन्धान हुन सक्नेछ ।
स्वीटजरल्याण्डमा रहेको एचएसबीसी बैंकले विश्वका २ सयभन्दा बढी देशका आफ्ना ग्राहकहरुको १ सय १९ बिलियन डलर कर छल्न मद्धत गरेको थियो ।
जसमा नेपालका आठ जनाको साढे पांच अर्ब रुपैया पनि रहेको खुलासा भएको थियो । एजेन्सी