अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. २ मा रहको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर पीठ सञ्चालनको लागि अक्षककोष स्थापना गरिने भएको छ । पीठ अन्र्तगतका शिवालय मन्दिर, वृद्धाश्रम, वालश्रम गैपालन र गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना गरिने भएको हो । विभिन्न दाताहरुबाट सहयोग उठाइ अक्षय कोष स्थापना गर्न लागिएको सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण खनालले बताए । उनले पीठ सञ्चालन गर्न सबैसँग सहयोगको आग्रह गरेको बताए । खनालले धन भएका व्यक्तिसँग मन पनि हुनु पर्ने भन्दै सहयोग गर्न सक्नेले सिद्धेश्वर पीठलाई सहयोग गरे यसलाई युगौंयुग सम्म पनि सञ्चालन गर्न सकिने बताए । खनालको सक्रियतामा पीठ सञ्चालनमा आएको हो ।
सिद्धेश्वर पीठका लागि ५ करोडको अक्षय कोष स्थापना गर्ने तयारी भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव नेत्रप्रसाद भुसालले बताए । सिद्धेश्वर पीठलाई जिल्ला भित्र र बाहिरकाले गरि करिव १३ लाख ५० सहयोग भन्दा धेरै सहयोग गरिसकेका छन् । यसरी सहयोग गर्नेहरुमा सन्धिखर्क – २ चुत्रावेशीका दुर्गाप्रसाद श्रेष्ठले १ लाख १ सय १, चुत्रावेशीका नारायण प्रसाद खनालले १ लाख, तनहु देवघाटका नित्यानन्द सरस्वतीले १ लाख १ हजार १ सय १, सन्धिखर्क १३ अर्घा धरम्पानीका मोतिराम र टुलकादेवी चुँदाली १ लाख १ हजार, देवघाट तनहुका भोजकुमारी ज्ञवालीले ५१ हजार १ सय ११, सन्धिखर्क डिभर्नाकी टोपला श्रेष्ठले ५१ हजार १ सय ११, सन्धिखर्क चुत्रावशीका राजकुमार श्रेष्ठ र कमला श्रेष्ठले ५१ हजार १ सय ११, सन्धिखर्क १ हाल कतारमा रहेका नरेश रायमाझीले ५० हजार, काठमाडौंका हाल कतारमा रहेका चेतन आचार्यले ४० हजार रुपैयाँ सहयोग उपलव्ध गराएका छन् ।
यस्तै कतारमा रहेका मनोजकुमार जोसी भरतले २६ हजार ५ सय ४३, सन्धिखर्क २ चुत्रावेशीका मोतिजङ्ग रायमाझी र सिता कुवँरले २५ हजार १ सय १, चुत्रावेशीका कृष्णप्रसाद पाख्रेल र इश्वरा पाख्रेलले २५ हजार २५, चुत्रावेशीकी रेखा भाट क्षेत्रीले २५ हजार, चुत्रावेशीका छन्दप्रसाद शर्माले २५ हजार, चुत्रावेशी भक्तिटोलका कमला भुसालले २५ हजार, चुत्रोशी भक्तिटोलकी शारदा भुसालले २५ हजार, चुत्रावेशीका मोतिप्रसाद आचार्य र कमला आचार्यले २५ हजार, चुत्रावेशीकी लक्ष्मी दमासेले २५ हजार ५, चुत्रावेशीकी मिना देवी सावदले २५ हजार, सन्धिखर्क हाल काठमाडौंमा रहेका कमल आचार्यले २५ हजार, अर्घातोषका हाल कतारमा रहेका युवराज पाण्डेले २५ हजार,सन्धिखर्क १३ धरम्पानीका हाल कतारमा रहेका क्रान्ति सिंह विकले २५ हजार, सन्धिखर्क १३ हाल कतारमा रहेका निर्मल कुमार ठकुरीले २५ हजार, सुरसिङ नुवाकोटका विष्णुप्रसाद गैरैले २५ हजार,वुटवलका वावुराम श्रेष्ठले २५ हजार, इटहरीका सावित्रा श्रेष्ठ र उनका छारा नवराज श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग उपलव्ध गराएका छन ।
यसै गरी नवलपरासीका युवराज पाठकले २५ हजार, अर्घातोष हाल कतारमा रहेका जीतेन्द्र पाण्डेले २५ हजार १, कपिलवस्तु हाल कतारमा रहेका पशुपति आचार्यले २५ हजार १, वाङ्लाकी विमला खनालले २५ हजार, गच्छेगैरा हाल कतारमा रहेका रंजित क्षेत्रीले २५ हजार, वाँगी हाल कतारमा रहेका विनोद पन्थीले २५ हजार, भत्तपुर कैलाशटारका इश्वरी प्रसाद आचार्यले २५ हजार,बागी हाल काठामाडौंमा रहेका माधव प्रसाद भुसालले २५ हजार, स्याङजा हाल अमेरिकामा रहेका गोकुल प्रसाद भट्टराईले २५ हजार, सन्धिखर्क १ हाल कतारमा रहेका हरि आचार्यले २५ हजार, सन्धिखर्क हाल कतारमा रहेका शालिकराम चुँदालीले २५ हजार, चुत्रावेशी भक्तिटोलका वावुराम भुसालले २५ हजार रुपैयाँ मन्दिरलाई सहयोग गरेका छन् ।
सिद्धेश्वर पीठमा मासिक १ लाख भन्दा धेरै खर्च हुने गरेको वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाल श्रेष्ठले बताए । उनले सबैको सहयोगले मात्र पीठ सञ्चालन हुने भन्दै सबै निकायले आ-आफ्नो क्षेत्रबाट सहयोग पु-याउनु पर्ने बताए । नेपालको एक मात्र विना जडित सुर्यकान्त पारसमणि ( स्फटिक ) बाट निर्मित शिव लिङ्ग यहाँ छ । यहाँ वैदिक विधि द्वारा दैनिक पुजाआजा हुन्छ । शिवरात्री, वैशाखे औंसी तृतिया, साउन महिना भरी वोलवम र कृष्णजन्माष्टमीका दिन भव्य मेला लाग्दछ ।
करिव २ करोड ५० लाखमा मन्दिर र वृद्धाश्रम निर्माण भएका हुन । यहाँ गुरुकुल पढने आठ जना विद्यार्थी छन् । २५ जना वृद्धवृद्धा आश्रममा छन् । २०११ सालमा निर्मित मन्दिरको पुर्ननिर्माण २०६८ सालमा भएको थियो । २०६९ साल वैशाख १६ गते मन्दिर र वृद्धाश्रमको एकै उद्घाटन गरिएको थियो । यस वर्षको शिवरात्रीमा सिद्धेश्वर शिवालय मन्दिरमा उल्लेख्य दर्शकको उपस्थिति रह्यो । सिद्धेश्वर शिवालय मन्दिरमा यस वर्ष आज सम्मकै बढि भक्तजन आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । करिव २५ हजार दर्शनार्थीले दर्शन गरे । शिवरात्रीमा यस वर्ष यहाँ करिव १२ लाख भेटी संकलन भयो ।