भारतीय जनता पार्टीद्धारा उपाध्यक्ष रेणुदेवीले संघीयता र धर्मनिरपेक्षताको विषयमा दिएको अभिव्यक्ति निजी भएको स्पष्ट

काठमाडौं – भारतीय जनता पार्टी (बिजेपी)ले उपाध्यक्ष रेणुदेवीले संघीयता र धर्मनिरपेक्षताको विषयमा दिएको अभिव्यक्ति निजी भएको स्पष्ट पारेको छ ।
कान्तिपुरमा समाचार छ। बिजेपी महासचिव राम माधवले विज्ञप्ती जारी गर्दै रेणुदेवीको विचारले पार्टी र सरकारको प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ । रेणुदेवीले व्यक्त गरेका विचारहरु उनका निजी हुन्, विज्ञप्तीमा भनिएको छ, ‘ती विचारले पार्टीको घोषित नीतिको प्रतिनिधित्व गर्दैनन् ।
बिजेपीले नेपाली जनताको सार्वभौमसत्ताको सम्मान गर्ने उल्लेख गरेको छ । ‘संविधान निर्माणमा नेपाली जनताले लिने उपयुक्त निर्णयको भारतले सम्मान गर्छ,’ विज्ञप्तीमा लेखिएको छ ।
विज्ञप्तीमा भारतीय सरकारको नीति यसअघि नै भारतीय राजदूतावासले स्पष्ट पारिसकेको जनाएको छ ।
भारतीय सत्तारुढ दल बिजेपी उपाध्यक्ष रेणुदेवी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा जातीय संघीयता हुन नहुने बताउँदै धर्मनिरपेक्षताको पनि विरोध गरेको थियो । कान्तिपुरमा समाचार छ।