प्रधानमन्त्री सुशील कोइरालाद्धारा नेपालीको धार्मिक स्वतन्त्रताको अधिकार कसैले हरण गर्न नसक्ने उल्लेख

बाग्लुङ  । प्रधानमन्त्री सुशील कोइरालाले नेपालीको धार्मिक स्वतन्त्रताको अधिकार कसैले हरण गर्न नसक्ने बताएका छन् ।
शनिबार बाग्लुङको बाग्लुङ नगरपालिका-८ पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो कलशको शिलान्यास गर्दै प्रधानमन्त्री कोइरालाले सबै नेपालीलाई आफ्नो धर्मको संरक्षण गर्ने अधिकार भएको बताए ।
उनले नयाँ संविधानमा सबैको पहिचान स्थापित हुने दाबी पनि गरे ।
सोही अवसरमा एमाले अध्यक्ष केपी ओलीले आफ्नो विशिष्ट पहिचान र संस्कृति जोगाउने दायित्व सबै नेपालीको भएको उल्लेख गरे ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधि, सिँचाइमन्त्री एनपी साउदलगायतले नेपाली