भारतमा ८ सयभन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लु आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण

काठमाडौं – भारतमा ८ सयभन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लु आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएको दुई जनाको थुक (थ्रोट स्वाव) को नमुनामा स्वाइन फ्लु (पीडीएम०९-एच१एन१) देखिएको हो ।
‘सरकारी दबाबका कारण प्रयोगशालाले तथ्य सार्वजनिक गरेको छैन,’ प्रयोगशालाका एक विशेषज्ञले कान्तिपुरसँग भने । सरकारले शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त स्वास्थ्य केन्द्रमा जचाउन सार्वजनिक आह्वान गरेको थियो । ‘छिमेकमा स्वाइन फ्लुको प्रकोप देखिए पनि सतर्क नभएको स्वास्थ्य मन्त्रालयले हाम्रो रिपोर्टपछि आह्वान गरेको हो,’ उनले भने ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.राजेश साहले फागुन ७ मा सातदोबाटोमा भएको स्वास्थ्य शिविरमा दिल्लीबाट फर्केका दुई जनालाई क्लिनिकली स्वाइनको शंका गरेर आफूले थप परीक्षणका लागि भनेको बताए । ‘परीक्षण नगरिँदा कतिपय व्यक्तिको मृत्युको कारण निमोनिया, रेस्पिरेटरी फेल्योर वा अन्य भनिएला, तर खास कारण स्वाइन पनि हुन सक्छ,’ टेकु अस्पतालकै डा.शेरबहादुर पुनले भने डा.पुनले भने  । कान्तिपुर दैनिकमा समाचार छ।