प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा सिंचाइ मन्त्री एनपी साउदले नेपाली जनताको संबिधान निर्माणकालागि काग्रेस जति पनि लचकता अपनाउन तयार रहेको बताउनु भएको छ । उहाले अहिलेको प्रमुख काम संबिधान निर्माण रहेकाले काग्रेस अरु कार्यलाइ थाती राखेर भए पनि छिटोछिटो संबिधान दिन लागि परेको बताउनु भयो ।
नेपाली कांग्रेस अर्घाखाँचीका कार्यकर्ताहरुलाई बिपि स्मृति भबन सन्धिखर्कमा आज सम्बोधन गर्दै एमाओबादी सहितका दलहरुलाइ पनि सहमतिमा ल्याएर संबिधान निर्माण गर्नकालागि कांग्रेस लागि परेको बताउदै सहमतिमा आउनका लागि आग्रह गर्नु भयो ।
काग्रेस ठुलो दल भएकाले आफुहरु सहमतिको संबिधानकालागि हदै सम्मको लचकता अपनाउन चाहेको बताउदै सहमतिमा आउन माओबादीलाइ आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काग्रेसकि केन्द्रिय सदस्य पुस्पा भुसालले छिटो भन्दा छिटो संबिधान निर्माणकालागि पहल गरिरहेको बताउदै काग्रेस संबिधान निर्माणमा प्रतिबद्ध भएर लागेको बताउनु भयो । काग्रेसका नेता डा. रामबहादुर बिसीले अर्घाखाँचीको बिकास निर्माणमा काग्रेसले प्रमुख भुमिका खेलेको बताउनु भयो ।
काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालको अध्यक्षता र सचिब अधिबक्ता बासुदेब आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा, महाधीबेसन प्रतिनिधि बिष्णु खनाल मुस्कान, जिल्ला सचिब लोकेन्द्र बिक, कोषाध्यक्ष हरिबहादुर खड्का, सहसचिब निर्मला क्षेत्री, महासमिति सदस्य श्यामनाथ कास्यप, हिम्मत टण्डन, , सुर्य अधिकारी, जिल्ला सदस्य अशोक श्रेष्ठ, छबिलाल पौडेल , गोपाल भुसाल महिला संघकि जिल्ला अध्यक्ष शान्ता भण्डारी, दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार ,तरुण दलका बरिस्ठ जिल्ला सदस्य अहमद हुसेन, लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।