युरोपेली मुलुक चेक गणतन्त्रमा एक जना बन्दुकधारीले रेष्टुरेन्टमा प्रवेश गरी अन्दाधुन्द गोली चलाएर ९ जनाको हत्या गरेका छन् ।
चेक गणतन्त्रको पुर्वी शहर उहेस्र्की ब्रोडस्थित ड्रुज्बा रेष्टुरेन्टमा प्रवेश गरेका बन्दुकधारीले ९ जनाको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका छन् ।
शहरका मेयर प्याट्रिक कुन्चारले यो गोलीकाण्ड चेक गणतन्त्रको ईतीहासमै अहिलेसम्मको सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको बताएका छन् ।
आन्तरिक मन्त्री मिलान चोभानेचले घटना दुखद भएपनि यसमा आतंकवादी संलग्नता भने नरहेको बताएका छन् ।
आक्रमणकारी बन्दुकधारीको परिचय गोप्य राखिए पनि ती व्यक्ति सोही शहरका एक जना ६० वर्षीय नागरिक भएको बताइएको छ । AGENCIES