इराकमा श्रृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ३० जनाको ज्यान गएको छ ।
राजधानी बग्दाद नजिक रहेको एक चिया पसलमा आत्मघाती बिस्फोट हुने बितिकै श्रृंखलाबद्ध बिस्फोट भएको हो ।
बिस्फोटका कारण थुपै्र सवारीसाधनमा क्षति पुगेको छ । घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।
केही समय बिस्फोटको घटनामा कमी आएको इराकमा पछिल्लो पटक गराईएको बिस्फोटको पछाडी इस्लामिक आतंकबादी समूह आईएसको संलग्नता हुन सक्ने आशंका गरिएको छ ।
यद्दपी घटनाको जिम्मेवारी कसैले लिएको छैन । इराकमा अमेरिकी गठबन्धन सेनाले आईएस बिरुद्धको हवाई आक्रमण जारी राख्दा विभिन्न शहरमा हिंसात्मक घटनामा भने कमी आएका छैनन् । एजेन्सी