बंगलादेशको राजधानी ढाकास्थित एक अदालतले विपक्षी नेतृ बेगम खालिदा जियालाई पक्राउ गर्न आदेश दिएको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दाका सम्बन्धमा अदालतमा उपस्थिति नभएपछि उनलाई पक्राउ गर्न आदेश दिइएको हो ।
मुख्य विपक्षी बंगलादेश नेसनलिष्ट पार्टीका प्रमुख एवं पूर्वप्रधानमन्त्री जिया र प्रधानमन्त्री शेख हसिनाको सरकारबीच तनाबपूर्ण सम्बन्ध चलिरहेको छ ।
जियाले गत वर्षको विवादास्पद निवार्चनविरुद्ध आफ्ना समर्थकलाई सडक, रेल र जल यातायात ठप्प गर्न अपिल गरेपछि सुरक्षाकर्मीसँग भएको झडपमा सयभन्दा बढीको मृत्यु भैसकेको छ ।
जियाले नयाँ चुनावको माग गरेकी छन् । (एजेन्सी)