अफगानिस्तानको उत्तरी पान्ज्शिर प्रान्तमा गएको हिमपहिरोमा परी कम्तिमा २९ जनाको मृत्यु भएको छ ।
पछिल्ला केही दिनहरुमा पान्ज्शिर प्रान्त र सालाङ पासमा भएको भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको थियो ।
प्रान्तका कार्यवाहक गभर्नर अब्दुल रहमानले हिमपहिरोमा अझै ३० जना च्यापिएको जानकारी दिएका छन् । खराब मौसमका कारण उद्धारमा कठीनाइ भएको बताइएको छ । (एजेन्सी)