चितवनमा ४ जनामा स्वाईनफ्लुको संक्रमण फेला

चितवन – चितवनमा ४ जनामा स्वाईनफ्लुको संक्रमण फेला परेको छ । जिल्ला जनस्वाथ्य कार्यालयका अनुसार भरतपुर अस्पतालबाट माघ अन्तिममा ४३ जना बिरामीको घाँटी थुक परिक्षण गर्न काठमाडौं पठाईएका मध्ये ४ जनामा संक्रमण देखा परेको हो । जिल्ला जनस्वाथ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार संक्रमण देखा पर्ने २५ बर्ष उपमेर भन्दा माथिका छन् । ३ जना महिला र एक पुरुषमा स्वाईनफ्लुको संक्रमण देखिएको हो । पुरुष नवलपरासीका भएको केसीले बताए ।  
राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला काठमाडौं टेकुबाट मंगलवार राति प्राप्त रिपोर्टबाट स्वाईनफ्लु भएको पत्ता लागेको केसीले बताए । संक्रमण देखा परेका विरामीको अबस्था सामान्य रहेको र केहीले भने औषधी सेवन गरी रहेको भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख विजय पौडेलले बताए । उनका अनुसार आत्तिनु पर्ने अबस्था नरहेपनि सर्तकता अपनाउन जरुरी छ ।   कान्तिपुरमा समाचार छ ।