तेक्वान्दो खेलाडी संगिना वैद्यलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गर्ने

काठमाडौं – तेक्वान्दो खेलाडी संगिना वैद्यलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई रकम दिने निर्णय गरेको हो।
बैठकले नेपाल नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा यमराज पाण्डेलाई नियुक्त गरेको छ। 
नेपाली सेनामा रिक्त दुई उपरथी सहित केहीको बढुवा गरेको छ। 
बैठकले उखुको न्युनतम समर्थन मुल्य तोक्नका लागि उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ। नागरिकन्युजमा समाचार छ ।