तराईका ५ जिल्लाको विवादबाहेक अन्य सबै विषयमा दलहरुबीच सहमति भइसकेको एमाओवादीका टोपबहादुर रायमाझीको ठोकुवा

काठमाडौं । एमाओवादीका नेता टोपबहादुर रायमाझीले तराईका ५ जिल्लाको विवादबाहेक अन्य सबै विषयमा दलहरुबीच सहमति भइसकेको ठोकुवा गरेका छन् ।
रिपोटर्स क्लबले शुक्रबार गरेको कार्यक्रममा उनले झापा, सुनसरी, मोरङ कैलाली र कन्चनपुरको विवाद कसरी मिलाउनेमा भने टुंगो लाग्न बाँकी रहेको बताए ।
केही शीर्ष नेताहरुले संविधान जारी भएपछिको आफ्नो हैसियतबारे चिन्ता गरेका कारण सहमति हुन नसकेको रायमाझीको जिकिर छ ।
कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञावलीले अहिले आन्दोलनको समय नभएको भन्दै खुलामन्चबाट नभइ संविधानसभाबाट मात्रै संविधान जारी हुने बताए ।
यस्तै, कांग्रेस नेता गोपालमान श्रेष्ठले जातीय राज्यको साटो बहुपहिचानका आधारमा संघीयतामा जान सकिने बताए । उनले मधेसमा दुईबढी प्रदेश बनाउनु पर्ने धारणासमेत राखे । – IMAGEKHABAR