काठमाडौं । नेपालमा स्वाइन फ्लुबाट संक्रमित हुनेहरुको संख्या ३५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले शुक्रबार सार्वजनिक गरेको रिपोर्टअनुसार काठमाडौंमा २१ जनामा स्वाइन फ्लुको संक्रमण भेटिएसँगै स्वाइन फ्लु संक्रमितको संख्या ३५ पुगेको हो ।
स्वाइन फ्लुका संक्रमितहरुको संख्या बढेसँगै स्वाइन फ्लु भए/नभएको चेकजाँच गर्नेहरुको टेकुस्थित जनस्वाथ्य प्रयोगशालामा भीड लागेको छ । एकैदिन ६० भन्दा बढी मानिसहरुको स्वास्थ्य जाँच गर्ने गरिएको छ ।
यसैबीच, स्वास्थ्यमन्त्री खगराज अधिकारीले भारतसँग नाका जोडिएका जिल्लाहरुमा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गर्ने कार्य सुरु भएको बताएका छन् ।
स्वाइन फ्लु संक्रमितहरुको उपचारका लागि काठमाडौंका केही सरकारी तथा निजी अस्पतालहरुमा छुटै वार्ड राखेर उपचार गर्ने व्यवस्था मिलाइएको पनि मन्त्री अधिकारीले जानकारी दिए । डेढ महिनालाई पुग्ने औषधि पनि सरकारसँग रहेको मन्त्रालयले जनाएको छ ।
सधैं मास्क लगाएर हिँड्डुल गरेमा वा कुनै लक्षण देखिना साथ स्वास्थ्यकर्मीलाई देखाएर स्वाइन फ्लुबाट बच्न सकिने चिकित्सकको सुझाब छ । इमेजखबरमा समाचार छ ।