अर्घाखाँचीमा सवारी साधनको भाडा घट्यो

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । पेट्रोलीयम पदार्थको मुल्यमा कमी आए पछि अर्घाखाँचीमा सार्बजनीक सवारी साधनको  भाडा घटेको छ ।
जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्बपक्षिय बैठकले बसको भाडामा प्रतिकिलोमिटर एक रुपैया र जीपको भाडामा प्रतिकिलोमिटर ७५ पैसाको दरले घटेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनु भयो ।
यसअघि अर्घाखाँचीका ग्राभेल तथा कच्ची सडकमा बसले प्रति किलोमिटर ६ रुपैया पचास पैसा र जीपले सात रुपैया पचास पैसा भाडा लिदै आएको थियो ।
जिल्ला प्रशासन कार्यलयमा सुरक्षा निकाय,यातायात ब्यबसायी , राजनितिक दल र सरोकारवालाहरु बीच भएको छलफल र बर्ताले भाडा घटाउने निर्णय गरेको र आजै देखिनै घटेको भाडा लागु हुने सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलले बताउनु भयो ।
अर्घाखाँची जिल्लाका बिभिन्न गाविस तथा गाँउहरुमा पश्चिमाञ्चल बस बयबसायी समितिले बस र देउराली यातायात ब्यबसायी समितिले जीप सञ्चालन गर्दै आएको छ ।

अन्य समाचारहरु